मोटिभेटन्यूज संवाददाताकाठमाडौं

चैत्र २९ , काठमाडौं– इन्डियन प्रिमियर लिगमा कोलकाता विरुद्धको खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कोलकाताको इडेन गार्डेनमा दिल्ली पहिले बलिङ गर्ने भएको हो । कोलकाताको नयाँ पिचमा हुने लागेको खेलका लागि दिल्लीले सन्दिप लामिछानेको स्थानमा किमो पाउललाई टिममा स्थान दिएको छ ।
यसअघिका लगातार चार खेल खेलेको सन्दिपले ५ विकेट लिएका थिए । जसमा पछिल्लो खेल बैङलोर विरुद्ध एक विकेट लिएपछि ४६ रन खाएका थिए । जसका कारण उनी आज बेन्चमा बसेका छन ।
२०७५ चैत २९ गते प्रकाशित
