News Portal

रौतहट डुंगा दुर्घटना: २ को शब फेला, ३ अझै बेपत्ता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४३ पटक
काठमाडौं

भदौ १०, रौतहट – गौर नगरपालिका ४ को टिकुलिया घाटस्थित शनिबार साँझ  बन्जारा गाउँबाट टिकुलिया तर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले  डुंगा बगाउदा  २ जनाको शब फेला परेको छ भने ३ जना अझै बेपत्ता छन्।

डुंगामा सवार  २२ जना सम्पर्कमा आएका छन्।   बेपत्ताहरु खोजि कार्य जारि रहेको  जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । ‘डुङ्गा चालकका अनुसार अझै ३ जना हराइरहेका अनुमान छ’ । डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने यकिन भएको छैन।

 

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्