मोटिभेटन्यूज संवाददाताकाठमाडौं

*गजल
उसले गल्ती गरिरहन्छ किनकि उ सानो बच्चा हो।
जिन्दगीभर माफी दिने एउटा महिला छ आमा हो।
***********************************
धेरैपछि फोन गरिन छोडेर गएकी मेरी प्रेमिकाले।
र बोलिन भेट्नु पर्ने भयो अनुराग तिमी कहाँ हो।
***********************************
शक्ति शाली छु खुब दौडिन्छु भनेर के फुर्ती गर्छौ।
खरायोलाई दौडमा जित्ने त आखिर कछुवा हो।
***********************************
जिन्दगी साटेकाहरुले मेरो जिन्दगी बर्बाद बनाए।
मेरो जिन्दगीको यहिनै सबभन्दा ठूलो धोका हो।
***********************************
आफ्नै छोरीको बलात्कार बाले गरेको फैसला भयो।
कसरी पत्याउन त्यो पापि उसको आफ्नै बाबा हो।
२०७६ बैशाख ४ गते प्रकाशित
