News Portal

कति बढ्यो सुनको भाउ ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४७४ पटक
काठमाडौं

भदौ १०, काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँ बढेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो महिनाको सुरुदेखि नै घटेको सुनको भाउ आइतबार भने बढेको हो । गएको शुक्रबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आइतबार तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्