News Portal

काठमाडौं मै एक बालिकामाथि बलात्कार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८८ पटक
काठमाडौं

भदौ १०, काठमाडौं – देशभर बलात्कार र हत्या विरुद्ध आन्दोलन चर्किरहेको बेला शनिबार साँझ काठमाडौं मै एक किशोरी बलात्कारमा परेकी छिन्। काठमाडौंको तारकेश्वर नगरपालिकामा १४ वर्षिय बालिका बलात्कार गरिएको छ । नेपालटारस्थित खाजा घरमा काम गर्ने किशोरी बलात्कारमा परेकी हुन्। प्रहरीले बलात्कारको अभियोगमा बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई पक्राउ गरेको हो।

पीडित किशोरी सोही खाजा घरमा काम गर्दथिन्। मदिरा पिएर उनले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अभियुक्तलाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्