News Portal

मुक्तिनाथ बैंकले ल्यायो “मेरो पहिलो बचत खाता” नामक गज्जवको खाता सञ्चालनमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३३ पटक
काठमाडौं

काठमाडौँ । आफ्नो स्थापना कालदेखि नै “१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले बर्षको सुरुवात मै नयाँ खाता योजना ल्याएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “ खोलौ बैंक खाता अभियानलाई २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको हो ।

बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले रु १०० नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको नेपाल टेलिकम वा एनसेलको मोवाइल नम्बरमा रु १०० बराबरको रिचार्ज ( टपअप ) गरिदिने छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्ग लाई बैकिङ्ग सेवाहरु प्रदान गर्र्दै आएको छ ।

 

२०७६ बैशाख ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्