मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं । नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बनेको हो ।
प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भएको छ ।
२०७६ बैशाख ५ गते प्रकाशित
