News Portal

सार्वजनिक बिदा दिएपनि निर्णय अवज्ञा गरेको भन्दै मन्त्री आफैंले लगाए राष्ट्र बैंकमा ताला

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७६ पटक
काठमाडौं

भदौ १०, काठमाडौं – प्रदेश नम्बर २ को सरकारले आइतवार रक्षाबन्धनको उपलक्ष्यमा सार्वजनिक बिदा दिएपनि उक्त निर्णय अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको जनकपुरस्थित शाखा कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित राष्ट्र बैंकको शाखा कार्यालयमा पुगेर तालाबन्दी गर्दै साँचो बोकेर हिँडेका हुन् ।

संविधानले प्रदेश सरकारलाई सार्वजनिक बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरूले अटेरी गरेपछि तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए । यसरी अटेरी गर्ने अन्य कार्यालयमा पनि ताला लगाउने भन्दै उनले अझै नटेरे कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिए ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्