News Portal

नक्खु एनसेल बम काण्ड : बिप्लवका पूर्वअंगरक्षक सूर्य भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९० पटक
काठमाडौं

बैशाख ६, काठमाडौं– नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

भुजेललाई नख्खुसिथत एनसेल गेटअगाडि भएको बम बिस्फोटको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले कलंकीबाट पक्राउ गरेको थियो।

सूर्य भुजेलको तर्फबाट पितकुमार भुजेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। न्यायाधीशहरू अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण आदेश जारी गरेको हो।

उक्त बम बिस्फोटमा परेर एक जनाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए।

उनीमाथि ज्यान मुद्दा, संगठित अपराध तथा बिस्फोट पदार्थसम्बन्धी मुद्दा चलाइएको थियो। उनी नेपाली सेनामा करिब ७ वर्ष जागिर खाएर छाडेका व्यक्ति भएको पाइएको छ।

उनी केही समय पहिलासम्म विप्लवका रंगरक्षक समेत भएको प्रहरीले जनाएको छ।

२०७६ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्