News Portal

प्रहरीको गोलि लागेर निधन भएका खुनाको आज अन्तिमसंस्कार, प्रहरीले गर्यो शोक सलामी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२५१ पटक
काठमाडौं

भदौ १०, कञ्चनपुर – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकाे पक्षमा भएका न्यायिक अान्दाेलनमा प्रहरीले गाेली चलाउँदा शुक्रवार निधन भएका शहीद सनी खुनाको आज महाकाली नदीमा अन्तिम विदाइ गरिएको छ ।

अन्तिमसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो ।

सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई  १० लाख आर्थिक सहायता दिने घोषणा गरेको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्