
काठमाडौं – नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भन्दै आफूलाई सबैभन्दा पारदर्शी र उत्तरदायी बैंक भनेर हैवा पिटिरहेको एनआइसी एसिया बैंकको सर्भिसका विषयमा सामाजीक संजालमा बहस सृजना भएको छ । ‘मोटिभेट न्यूज डटकमले एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्.. यसरी फसाउँछ बैंकले‘ भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरेपछि सामाजीक संजालमा आफू पनि पिडित भएको भन्दै दर्जजौं ग्राहकले विलौता गरेका छन ।
‘बैंक पनि साथी पनि’ भन्दै जनता झुक्काइरहेको उक्त बैैंक सम्बन्धी सबैभन्दा पहिला मोटिभेट न्यूज डटकमको वेव पेजमा आएका प्रतिक्रियाका विषमा कुरा गरौं । फेसबुकमा रक्तिम लामा नाम गरेका एनआइसी एसिया बैंकका ग्रहकले आफू ठगीएको भन्दै लेखेका छन, ‘म पनि पिडित छु बनेपा शाखाबाट । खाता खोलेर १५०० बचत गरेको थियो । मेरो खाता नम्बर नै देखाएन भनेर बचत गर्नु पर्ने पैसा लिन अस्विकार गयो ।’
त्यस्तै अर्को भत्तपुरका ग्राहक सागर गिरीले आफूपनि बैंक पिडित भएको बताएका छन । उनले बैंकले खाता खोलेर जम्मा गरेको लामो समयसम्म चेक बुक नदिएको र आफूलाई समस्या पर्दा पनि बैंकले आफ्नो पैंसा अनाबश्यक होल्ड गरेको गुनासो गरेका छन । एनआइसी एसिया बैंककै ग्राहक भएको बताउने अर्को एक जना ब्यक्तिले बैंकमा गुनासो गर्दा पनि सुनुवाई नभएपछि आफूले म्यानेजरकै अगाडी काजग पत्रै च्यातेर हिडेको बताएका छन । अच्युत तिवारी नाम गरेका ब्यक्तिले भनेका छन, ‘म पनि पीड़ित हुँ । बाल शिक्षा खाता खोल्दा बीमा हुने भनिएको थियो, बीमाको निमित्त सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि बीमालेख जारी गरिएन, बारम्बार प्रश्न गर्दा अझै उनिहरुकै कुरो ठुलो भए पछि मैले त्रिपुरेश्वर शाखामा गएर ब्रान्च मेनेजरको समुन्ने कागजपत्र च्यातेर खाता बन्द गरेको इतिहास छ । यो बैंक वास्तवमा भन्नु पर्दा बणिज्य बैंकको नाममा केहि फटाहा सहकारी जत्तिकै अविश्वसनीय र कर्मचारी टोले गुण्डा पाराका छन् ।’
उता फेसबुकका पेज तथा ग्रुपहरुमा पनि एनआइसी एसियाका कर्तुहरु छलाछुल्ल भएका छन । रोहित डङ्गोल नाम गरेका एक जना ग्राहकले आफूलाई बैंकले खुलेयाम लुटेको बताएका छन । उनले बैंकलाई तिर्न पर्ने सबै रकम भुत्तानी गरिसक्दा पनि जग्गा फिर्ता नदिएको भन्दै आफूलाई नराम्रोसंग बैंकले ठगेको फेसबुक पेजमा कमेन्ट गरेका छन । कसैले बैंकलाई बदमास बैंक भनेका छन भने कसैले सहकारी भन्दा पनि तत्लो स्तरको बैंक भन्दै बैंक विरुद्ध खनिएका छन । कसैले बैंकलाई सुझाव समेत दिएका छन भने कसैले शेयर मुल्य प्रभावित पार्नका लागि समाचार लेखेको भन्दै संबाददातालाई नै प्रतिप्रश्न गरेका छन ।
यी त प्रतिनिधि प्रतिकृया मात्र हुन् । दर्जनौं ग्राहकले आफूहरु फसेको भन्दै आफ्नो बारेका समाचार पनि संप्रेषण गरिदिन आग्रह गर्दै फोन तथा एसएमएस गरिरहेका छन । हामी बैंकबाट ठगीएका जो कोहीलाई पनि न्याय दिलाउन एक रतिपनि पछि नपर्ने जनाकारी दिदै कुनै समस्या भए वा गुनासो सुनुवाई नभए हाम्रो अनलाईनको फुटरमा रहेको हटलाइन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । हामी निरन्तर एनआइसी एसिया बैकको सर्भिसलाई सुधार गर्दै जनपछिय बैंक बनोस भन्नने पक्षमा कलम चलाई रहेका छौं ।
यो पनि पढ्नुहोस्
एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्…! यसरी फसाउँछ बैंकले
एनआइसी एसिया बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी
२०७६ बैशाख ७ गते प्रकाशित
