News Portal

बिमस्टेक सम्मेलनको बेला सर्वसाधारणले वैकल्पिक रुट प्रयोग गर्न सक्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९६ पटक
काठमाडौं

भदौ १०, काठमाडौं-  काठमाडौंमा हुन लागेको बिमस्टेक सम्मेलनमा विशिष्ट पाहुना आएकाबेला सर्वसाधारणले वैकल्पिक रुट प्रयोग गर्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशाला, पुरानो वानेश्वर, नयाँ वानेश्वर(पानीटेङ्क), कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की, थापाथली, कुपण्डोल, अनामनगर, सुन्धारारुटमा सवारी चलाउन सकिने छ ।
यसका साथै बन्द गरिएका सडकबाहेक आफूलाई पायक पर्ने अन्य कुनै सडक प्रयोग गर्न सकिने छ । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सेवाका सवारी साधन निर्वाध सञ्चालन हुनेछन् ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्