News Portal

फेसबुकमा महिलालाई अश्लील फोटो पठाएको आरोपमा एक युवक प्रहरी खोरमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४०८ पटक
काठमाडौं

फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा सुर्खेतका एक युवा प्रहरीको खोरमा पुगेका छन्। सुर्खेतको लेकबेंसी नगरपालिका -७ कल्याणका टीकाराम खड्का फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा पक्राउ परेका हुन्। फेसबुकबाट एक महिलाका लागि अश्लील फोटो पोस्ट गरी कसुर गरेको जाहेरी दरखास्त परेकाले पक्राउ गरिएको सुर्खेत प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

चौधरीका अनुसार खड्कालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार विद्युतीय माध्यमबाट अश्लील तस्बीर वा चित्र देखाएमा यौन दुर्व्यवहार मानिने उल्लेख छ। उक्त अभियोग प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। मुलुकी अपराध संहिता लागूभए पछिको सामाजिक सञ्चालमा अश्लील तस्बीर पठाएर प्रहरीको फन्दामा परेको यो सुर्खेतको पहिलो घटना हो।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्