News Portal

तारा एयरको विमान रामेछापको मन्थलीमा दुर्घटना

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९६४ पटक
काठमाडौं

बैशाख ९, काठमाडौं – तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ । तारा एयरको 9-N AKK कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो ।

जहाज रनवेबाट चिप्लिएको बताइएको छ तर क्षतिको अन्य विवरण आउन बाँकी छ । राजधानीको त्रिभुवन विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् ।

यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९एन–एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।

फोटो – बिजय श्रेष्ठ

२०७६ बैशाख ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्