News Portal

नेपाल प्रहरीकोे वर्षभरिको प्रगति विवरण सार्वजनिक, निमर्ला पन्तको हत्यारा खै ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८० पटक
काठमाडौं

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताएका छन ।

२०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ नेपाल प्रहरी सदैव केन्द्रित रहेको बताए । अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै उनले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन तथा अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको उल्लेख गरे ।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट राष्ट्रिय अभियानको रुपमा प्रस्तुत भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अन्तर्गत नेपाल प्रहरीले गृह सुधार योजना अनुसार काम गरिरहेको उल्लेख गरे । सोही अभियानमा केन्द्रित भएर प्रहरीले गरेका गतिविधि र समृद्धिमा पुर्‍याएको योगदानको बारेमा गरेका गतिविधिहरु मार्फत समाजमा सकारात्मक सन्देश पुर्‍याउन संचारकर्मीहरुले अहम भूमिका खेल्नुपर्ने उनले बताए । राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएकोले यस कार्यमा साथ र सहयोग गर्न संचारकार्मीहरुलाई उनको आग्रह थियो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि ३ महिने कार्ययोजना बनाई कार्यान्वयन गरिएको बताउँदै नेपाल प्रहरीका प्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कार्वाही तथा पुरस्कार, प्रहरी कल्याण कोषबाट सञ्चालित कल्याणकारी कार्यक्रमहरू, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय समझदारी र उपलब्धी, स्रोत व्यवस्थापन, आर्थिक सुशासन, सूचना तथा सञ्चार प्रविधि एवम् भावी योजनाबारे भएका पछिल्लो विवरण प्रस्तुत गरे ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत विभिन्न संचारमाध्यमका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

निमर्ला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भन्ने पत्रकारको प्रश्नमा महानिरिक्षक खनालले अनुसन्धान जारी रहेको बताए । दुसि सबैलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको र केही प्रहरी अधिकृतलाई बर्खास्तीसम्म गरेको भन्दै अनुसन्धनमा संक नगर्न आग्रह गरे ।

हेर्नुहोस् प्रहरीको बर्षभरीको प्रगति विवरण

file:///C:/Users/My%20Computer/Downloads/%E0%A4%B8%E0%A4%AE%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%AF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80%20%E0%A4%B8%E0%A4%BE%E0%A4%9D%E0%A5%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%85%E0%A4%B5%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%20All.pdf

२०७६ बैशाख ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्