News Portal

चर्चित नेपाली युवा ज्योतिषी रेग्मी र पन्थी सम्मानित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४६ पटक
काठमाडौं

काठमाडौं । सेभ द चिल्ड्रेन, सेभ द नेसनको आयोजनामा पर्यटकीय सुन्दर नगरी पोखरामा अनाथ तथा बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम हालै सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा आचार्य शिवराज रेग्मी, र आचार्य लक्षमण पन्थी सम्मानित भएका छन् । उनीहरुले सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सेभ द चिल्ड्र्रेन , सेभ द नेसनले अनाथ तथा असहाय बालबालिकाको सहयोगको लागि आयोजना गरिएको म्यूजिक च्यारिटी कार्यक्रम २०१९ मा महानायक राजेश हमालको हातबाट सम्मान गरिएको हो ।

सम्मानित रेग्मी र पन्थीले यस अगाडि पनि अनाथ र असहायको क्षेत्रमा सहयोगको हात बढाइरहेको विषयमा जनानकारी दिइएको थियो । रेग्मी पछिल्लो समयका चर्चित ज्योतिषी पनि हुन् । उनले ज्योतिष पेशाको माध्यमबाट देशभर छरिएर रहेका ज्योतिषीहरुलाई एकतृत गर्दै रोजगारीको अवसर समेत सृजना गरेका छन् । उनको पहलमा अहिले देशभरबाट ७० जना ज्योतिषीले रोजगारी पाइरहेका छन् ।

कार्यक्रममा गायक शिव परियार, प्रकाश सपुत, मेलिना राई, लोकदोहोरी गायक चोलेन्द्र पौडेल, नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा विभिन्न कलकारहरुको सांगितीक प्रस्तुतीमा नायक राजेश हमालको नृत्यले कार्यक्रमको माहोल अझ रोमाञ्चक बनाएको थियो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागी आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संविधानमा नै बाल अधिकारको हक अधिकार सुनिचिश्त गरिएको बताए ।

२०७६ बैशाख १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्