News Portal

आज मेघ गर्जनसहित पानी पर्ने, हुरीबतास चल्ने सम्भावना

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५८ पटक
काठमाडौं

बैशाख १० काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्य क्षेत्र तथा पश्चिमको पहाडी क्षेत्रको मौसम सामान्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै बाँकी क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ ।

पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । यस्तै हुरीबतास चल्ने सम्भावना पनि रहेको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ । हल्का पानी पर्ने सम्भावना पनि छ ।

२०७६ बैशाख १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्