News Portal

प्रधानमन्त्री ओलीको ठोकुवाः वर्तमान सरकारकै पालामा देशले कोल्टे फेर्छ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८७ पटक
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचनामा बिताउने समय देश विकासमा लगाउन सरोकारवाला सबैलाई आह्वान गरेका छन् । सरकारले सुरु गरेको समृद्धिको यात्रामा सहयोग गर्न उनले सबैलाई अपिल गरेका हुन् ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान स्थापनाको २६ औं वर्षका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, वर्तमान सरकारकै पालामा मुलुक समृद्ध बन्छ, सरकारको आलोचना गर्न खर्चने समय मुलुकको निर्माणमा लगाउन म आग्रह गर्न चाहन्छु ।

प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्र समृद्धिको मेरुदण्ड भएकाले यसको विकासमा सबैले हातेमालो गर्न आग्रह गरेका छन् । कार्यक्रममा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मानसमेत गरे ।

२०७६ बैशाख १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्