News Portal

उर्जामन्त्री पुन पनि अब विद्युतिय गाडीमा, पाँच बर्ष भित्र यसरी हट्दैछन पेट्रोल डिजेलका गाडी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६२५ पटक
काठमाडौं

भदौ १०,  काठमाडौँ – आजदेखि उर्जामन्त्री बर्षमान पुनले विद्युतिय गाडीको प्रयोग गर्न सुरु गरेका छन । विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सो को उपयोगलाई प्रोत्साहन गर्न विद्युतिय गाडि प्रयोगमा ल्याएका हुन् । उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उनले जारी गरेको स्वेतपत्रमा समेत विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सो को उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए ।

उनले जारी गरेको स्वेतपत्रको ७२ नम्बर बुदामा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र सवारी साधन आयातको ५० प्रतिशत पु¥याइने लक्ष्यलाई आधार मानी निजी तथा सार्वजनिक सवारी सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिनेछ । यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराइने बताइएको थियो । आजदेखि उनी बा २ झ ८९०३ नम्बरको विद्युतिय गाडीमा गुडेको उनका प्रेस सल्लाहकार रोशन खड्काले बताए । यसअघि राष्ट्रपति विद्यादेवि भण्डारीले पनि विद्युतिय गाडिकै प्रयोग गर्न सुरु गरिसकेकी छन्  ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्