News Portal

स्याउ बोकेको गाडीमा कहाँबाट आयो ७ किलो सुन ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६४७ पटक
काठमाडौं

काठमाडौं – प्रहरीले ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीबाट सुन बरामद गरेको हो । केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनको भनाई छ । स्रोतका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।

२०७६ बैशाख १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्