मोटिभेटन्यूज संवाददाताकाठमाडौं

बैशाख ११ काडमाडौँ – धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि फेरी ६- ४० मै सोहि ठाउँलाइ केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् ।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएको थिए । गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन । त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ।
बिस्तृत बिवरण आउन बाँकी।
२०७६ बैशाख ११ गते प्रकाशित
