News Portal

आजको मौसम : पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५१ पटक
काठमाडौं

बैशाख ११ काठमाडौँ – पहाडी क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना पनि छ । राति पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सफा रहने बताइएको छ ।

२०७६ बैशाख ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्