
काभ्रे । हिरासतमा रहेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समुहका तीन नेताहरुलाई अदालतले धरौटीमा छाड्न आदेश दिएपछि पनि जेल चलान भएका छन् । धरौटी तिर्न नसक्दा पक्राउ परेका नेताहरु फेरि कारागार चलान भएका हुन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले सोमबार पक्राउ परेका तीन नेताहरु बलेफी गाउँपालिका ४, सिन्धुपाल्चोकका इन्द्रबहादुर ठकुरी, बाहविसे नगरपालिका ८, सिन्धुपाल्चोकका रमेश पौड्याल (सौगात), र भुम्लु गाउँपालिका १, काभ्रेपलाञ्चोकका अजय श्रेष्ठलाई जनही २५÷२५ हजार रुपैया धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि सोमबार देखि नै उनिहरु हिरासतबाट कारागार चलान भएका छन् ।
सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा रिहा गरेका तीन नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो । पक्राउ परेकाहरुलाई मुलुकी संहिता अनुसार सार्वजनिक भौतिक संरचना कब्जा वा विनाश गर्न नहुने अपराध अन्र्तगत मुद्दा चलाईएको थियो ।
२०७६ बैशाख ११ गते प्रकाशित
