News Portal

लाेकतन्त्र दिवसकाे अवसरमा मैत्रीपूर्ण फुटबल खेल मन्थलीमा सम्पन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०५ पटक
काठमाडौं

बैशाख ११, रामेछाप – १३ औं लाेकतन्त्र दिवसकाे अवसरमा क्रियाशील पत्रकार महिला( WWJ) जिल्ला शाखा रामेछापकाे आयाेजनामा मैत्रीपूर्ण फुटबल खेल आज मन्थलीमा सम्पन्न भएकाे छ । खेलमा जनप्रतिनिधि , पत्रकार, उद्योग व्यवसायी तथा निजामती कर्मचारी गरि चार समूहले भाग लिएकाे थियाे ।

जनप्रतिनिधि र पत्रकारबीच भएकाे पहिलाे खेलमा जनप्रतिनिधिले दुई गाेल हान्न सफल भएकाे थियाे । त्यसैगरि दाेस्राे खेल उद्योग व्यवसायी र निजामती कर्मचारीबीच भएकाे थियाे । साे खेलमा व्यवसायीकाे समुहले ३ गाेल हान्न सफल भएकाे थियाे  ।

खेलमा सहभागी खेलाडीलाई आयाेजकले जर्सि प्रमाणपत्रकाे व्यवस्था गरेकाे थियाे । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काकाे प्रमुख आतित्थ्यता भएकाे थियाे भने मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतकाे विशेष आतित्थ्यता तथा क्रियाशील पत्रकार महिला जिल्ला शाखा रामेछापको अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएकाे थियाे ।

त्यसै गरि खेल हेर्न प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसि , जिल्ला समन्वय समिति अधिकारी राजेन्द्र केसि , नेकपा रामेछापका अध्यक्ष मैन कुमार माेक्तान, नेपाली काङ्ग्रेस रामेछापका अध्यक्ष लवश्री न्याैपाने , लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , उद्योग व्यवसायी , राजनितीक दलका नेता तथा सर्वसाधारण नागरिकको उपस्थिति रहेकाे थियाे ।

२०७६ बैशाख ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्