News Portal

अत्याधुनिक हतियार सहित विदेशी नागरिक पक्राउ, के विप्लवका सहयोगी थिए उनी ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६२ पटक
काठमाडौं

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना विदेशी नागरिक हतियार सहित पक्राउ परेका छन । कतार एयरको उडान मार्फत काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विमानस्थलबाट पक्राउ परेका हुन ।

बुधबार साँझ पक्राउ परेका उनीबाट चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार सहित १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको हतियार सहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको भन्सार कार्यालयले जनाएको छ । पक्राउ पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ । उनी विप्लव नेतृत्वको नेकपाका नेताहरुसंगको सम्पर्कमा नेपाल आएको हुनसक्ने आशंका गरिएको छ ।

२०७६ बैशाख १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्