मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – दुरसंचार प्रदायक संस्था एनसेलको सिम बेच्ने दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए ।
उनका अनुसार पक्राउ परेका दुई जनाले दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेलको सीम कार्ड विक्री गरेका थिए ।
पक्राउ परेका दुवै जनामाथि दुरसञ्चार ऐन, २०५३ को कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ । एनसेल विरुद्धको सिम बहिस्कार आन्दोलन चलिरहका वेलामा यसरी खत्रि र दाहाल पक्राउ परेका हुन ।
२०७६ बैशाख १२ गते प्रकाशित
