News Portal

अंग्रेजी माध्यामको ज्यानमारा कलेजमा अंग्रेजी पनि झुर

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५९४ पटक
काठमाडौं

काठमाडौं – ज्यानमारा कलेजको रुपमा परिचित थापाथलीको ‘द ब्रिटिस कलेज’को अंग्रेजी पनि झुर रहेको पाइएको छ । अंग्रेजीको माध्यामको अन्तराष्ट्रिय विश्व विद्यालयबाट मान्यता प्राप्त उक्त कलेजकै अंग्रेजी झुर भएको पाइएको छ ।

हाल सालै क्याम्ब्रिज एसिस्मेन्ट इन्टरनेशल एजुकेशनको ए लेभल भर्नाका लागि गरिएको उक्त कलेजको विज्ञापनमा इन्ट्रान्स भन्ने शब्द गलत लेखेर फेसबुकमा विज्ञापन गरेको पाइएपछि कलेजको अग्रेजी भाषा झुर भएको प्रमाणित भएको छ । उक्त कलेजमा अध्ययनरत एक जना विद्यार्थीका अनुसार कलेज संचालकहरु पैसा कमाउने धन्दामा लागेपछि कलेजको गुणस्थिरियतामा कमी आएको पुष्टी गरे । उक्त विज्ञापनमा Entrance हुनुपर्नेमा Entrtance भएको छ । हेर्नुहोस उक्त कलेजको विज्ञापन ।

यसरी अग्रेजी माध्यामकै कलेजको अग्रेजीमा समस्या हुनु भनेको विद्यार्थीको भविश्य माथिको खेलवाड हो भने अभिभावको पैसाको बर्बादी हो । अझ भनौ विद्यार्थीको महत्वपूर्ण समय खेर जानु मात्र हैन् भविश्यनै अन्धकार हुनु हो । यस्ताका कलेजहरुमा भर्ना गर्न भदा पहिला धेरै कुराहरु सोचेर आफ्नो जीन्दगीको निर्णय लिदा राम्रो होला ।

कुरा त्यति मात्र हैन कलेज संचालकले पैसालाई महत्व दिदा स्नातक तह पहिलो वर्षमा अध्ययनरत सिरहाका गौरव श्रेष्ठको यही फागुन २ गते शैक्षिक भ्रमणको क्रममा दुबईमा मृत्यु भएको थियो । त्यसपछि अभिभावहरुको माझमा उक्त कलेज ज्यानमारा कलेजको रुपमा परिचित छ ।

२०७६ बैशाख १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्