News Portal

रिदम अस्मितको ‘भुपु माया’ (हेर्नुहोस्)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५३८ पटक
काठमाडौं

काठमाडौँ – ‘भुपु माया’ बोलको गीत बजारमा आएको छ । रिदम अस्मित साउदको स्वर, शब्द र संगीतमा रहेको गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको हो । यो गीत चाडैँ थारु भाषामा समेत रेकर्डिङ् गरिने मोडल विवश ठगुन्नाले बताए ।

विशाल निरौलाले एरेन्ज गरेको उक्त गीतमा आरके राजाको र्‍याप रहेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई करिब ३ हजार पटक हेरिएको छ भने आएका सबै प्रतिक्रिया निकै सकारात्मक छन् । यो गीतको अफिसियल भिडियो केही दिनपछि सार्वजनिक गरिने बताईएको छ ।

 

२०७६ बैशाख १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्