
काठमाडौं – युथ आइकन खनियाको “दिबस खनिया लाइभ प्रिजेन्टेसन” भिडियो संस्करण बजारमा आएको छ । लामो समय देखी आइसिटी, इभेन्ट, युवा उत्प्रेरणा, इन्टरटेन्मेन्ट तथा सामाजिक कार्यहरुको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल खनियाले आफ्नो “दिबस खनिया लाइभ प्रिजेन्टेसन” लाई भिडियो संकरणको रुपमा युवाहरु माझ लिएर आएका हुन ।
उक्त भिडियो बजारमा आएको फेसबुक स्टाटस मार्फत जानकारी गराएका छन । आइसिटी अवार्ड मार्फत आफ्नो यात्रा सुरु गरेका खनियाले यो अबधीमा थुप्रै इन्टरटेन्मेन्ट तथा कर्पोरेट इभेन्टहरु आयोजना गरेका छन् भने बिगत ५ बर्ष देखी देशका बिभिन्न ठाउँहरुमा उत्प्रेरणा प्रदान गर्दै आएका छन् । सामाजिक कार्यमा पनि उनको नाम त्यतिकै परिचित छ। “फ्रेन्ड्स इनिसिएटिभ” नामक संस्था मार्फत आफ्नो सामाजिक कार्यको सुरुवात गरेका उनले युवा शसक्तीकरणको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका छन् ।
देशका हरेक युवाहरुका लागि उदाहरणीय पात्रको रुपमा बिभिन्न संघ–सस्था तथा सरकारी स्तरबाट समेत सम्मानित बनीसकेका उनको दिबस खनिया लाइभको उद्घाटन सन्देशमा प्रम केपी शर्मा ओलीले समेत यस कार्यक्रमले युवाहरुलाई थप सशक्त र सकारात्मक बनाउन ठुलो भूमिका खेल्ने आफ्नो विश्वाश रहेको सन्देश दिनुभएको थियो। त्यस्तै अन्य नेत्रित्व तहमा रहनुभएका ब्यक्तिहरुले पनि यस कार्यक्रमबाट समाजमा सकारात्मक संदेश प्रवाह हुनेमा आशाबादी रहेको जनाउनु भ्एको छ्। बिभिन्न हल तथा सम्मेलन मार्फत सन्चालन गरिदैं आएको दिबस खनिया लाइभ अब भने प्रत्यक हप्ता शुक्रबार “योहो टेलिभिजन” मार्फत एक नयाँ अतिथिको साथमा बिभिन्न युवा समुहहरु माझ पुगेर सन्चालन गरिने भएको हो। यधपी नियमित रुपमा बढीमा ३ महिनाको अवधिमा ठुलो समुह बिच गरिदैं आएको कार्य्रक्रमले पनि निरन्तरता पाउने छ।
यस अबधीमा दिबस खनिया लाइभ प्रिजेन्टेसनको प्रस्तुती कार्यक्रम “बि यु चेन्ज स्टार्ट फ्रम विद इन” को २ वटा श्रिन्खला प्रसारण भइसकेको छ भने तेस्रो श्रिन्खला शुक्रबार प्रसारण हुंदैछ। यस कार्यक्रम मार्फत प्रत्यक हप्ता एक नयाँ अतिथीको साथमा उहांको संघर्श र सफलताको कथा मार्फत उत्प्रेरणा प्रदान गर्ने लक्ष्य रहेको समेत खनियाले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन। उनको यो कार्य्रक्रम योहो टिभी मार्फत र यूटुब मार्फत समेत हेर्न सकिने छ।
२०७६ बैशाख १३ गते प्रकाशित
