News Portal

मोडल सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वर रहेको ‘पहेंलो बेसार’ बजारमा (भिडियोसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३११ पटक
काठमाडौं

काठमाडौँ । पछिल्लो समयकी चर्चित मोडल सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा रहेको दोहोरी म्युजिक भिडियो पहेंलो बेसार बजारमा आएको छ । प्रकाश कटुवालकै शब्द, संगीत रहेको उक्त गीतको भिडियो युट्युबमार्फत बजारमा आएको हो ।

विक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोमा सिर्जु र प्रकाशको दमदार अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन । यो समाचार तयार पार्दा सम्म उक्त गीतको भिडियोलाई करिब १५ हजार पटक हेरिएको छ । गीतमा निकै सकारात्मक प्रतिक्रिया आएका छन् ।

हेर्नुहोस् भिडियोः–

 

२०७६ बैशाख १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्