मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – लोक तथा दोहोरी गायक गोपाल नेपाल जीएमले ‘आइएमई गर २’ बजारमा ल्याएका छन । यूट्युव मार्फत सार्वजनिक गरिएको लोक तथा दोहोरी गीतमा गोपाल नेपाल जीएम र गायीका झुमा डाँगीले आवाज दिएका छन ।
शुक्रबार युट्युवमा अपलोड गरिएको यो गीतको भिडियोमा गोपाल नेपाल जीएम आफैले अभिनय गरेका छन भने उनलाई अभिनयमा अनु शाह र अन्जली चन्द ठकुरीले साथ दिएका छन । गीतको शब्द र संगीत गोपाल नेपाल जीएमको आफ्नै हो भने कृण विकको एरेन्ज रहेको छ ।
मौकमी हिमाली निर्देशन गरेको यो गीतको भिडियो अवलोड भएको केही समयमानै राम्रो भ्युअर पाइरहेको छ । उनको अघिल्लो गीत आइएमइ गरेले पनि राम्रो बजार पिटेको थियो ।
२०७६ बैशाख १३ गते प्रकाशित
