News Portal

बालुवाटार जग्गा प्रकरण : अख्तियारको संलग्नता पुष्टी, यी चार भाइ हुन अख्तियारमा बसेर चलखेल गर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९०९ पटक
काठमाडौं

काठमाडौं – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता नामसारी गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो रहेको पाइएको छ । सरकारी जग्गा बेचविखनमा उनीहरुको संलग्नता रहेको प्रमाण फेला परेको छ ।

करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अनुसन्धान नगरी असफल बनाएको दाबी आजको कान्तिपुर दैनिकले गरेको छ । कान्तिपुरमा अनुसार, यसमा अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र दीप बस्न्यातसँगै पूर्वआयुक्त ललितबहादुर लिम्बु र वेदप्रसाद सिवाकोटी संलग्न देखिएका छन् । उनीहरुले यस प्रकरणमा संलग्नलाई कारवाही गरी जग्गा फिर्ता गराउन सकिने अवस्था हुँदाहुँदै पनि उजुरीमाथि छानबिन गर्न उदासीनता देखाएका थिए ।

यस वर्ष अर्थतन्त्रको आकार ४ खर्ब ३३ अर्ब २८ करोड रुपैयाँले बढ्ने भएकोलाई पनि कान्तिपुरले समेटेको छ । त्यस्तै, दाजुलाई प्रदेश ३ का मन्त्रीले २३ योजना दिएको खुलासा पनि आजको कान्तिपुरले गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सम्पेका हुन् । उनको सिफारिसमा सामाजिक विकास मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको समाचारमा उल्लेख छ ।

२०७६ बैशाख १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्