News Portal

विक्रीमा राखिएका खुलामञ्चका सटर भत्काउन सुरु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१०३५ पटक
काठमाडौं

काठमाडौं – खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि ति सटरहरु भत्काइने भएको छ । काठमाडौं महानगरपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको महानगरपािलकाले जनाएको छ ।

महानगर प्रहरी महानगरपालिकाको निर्देशनपछि डोजर लिएर खुलामञ्चतर्फ लागेको बताइएको छ । महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काउन लागिएको महानगरिय प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।

खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ ।

 

यो पनि पढ्नुहोस्

भेटिए खुल्लामञ्च बेच्ने दलाल, हेर्नुहोस् यस्तो छ उनको कालो विगत !

किर्ते सम्झौता गरि खुलामञ्च अतिक्रमण

२०७६ बैशाख १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्