
इश्वी सन् २०१८ अगस्ट २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:५० बजेउप्रान्त द्वितीया। नक्षत्र– शतभिषा, १५:०० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– सुकर्मा, २२:१२ बजेउप्रान्त धृति। करण– कौलव, १७:५० बजेदेखि तैतिल, ३०:२७ बजेउप्रान्त तैतिल। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– १८:२८ बजे र दिनमान ३२ घडी ०० पला। पञ्चक। गाईजात्रा (सापारु) ।
मेष– व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ ।
वृष– न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।
मिथुन– काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला ।
कर्कट– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् ।
सिंह– पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ ।
कन्या– भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ ।
तुला– भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ ।
वृश्चिक– आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।
धनु– अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ ।
मकर– हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ ।
कुम्भ– महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।
मीन– कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं पञ्चाङ्ग वि.सं. २०७५ साल भदौ ११ गते। सोमबार।
२०७५ भदौ ११ गते प्रकाशित
